News Portal

  • उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

    आर्थीकसंसार संवाददाता३ चैत, २०७९
    २८८ पटक
    ३ चैत, २०७९

    काठमाडाैं । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।
    शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
    कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।
    यस्तै, एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् भने जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिएका छन् ।

    यस्तो छ मत परिणाम

    प्रदेश सभा सदस्य मत परिणाम अपडेट:
    १. रामसहाय प्रसाद यादव – ३२९
    २.अष्टलक्ष्मी शाक्य – १६९
    ३. ममता झा – १५
    ४.प्रमिलाकुमारी यादव -१

    संघीय संसद मत परिणाम अपडेट:
    १. रामसहाय प्रसाद यादव -१८४
    २. अष्टलक्ष्मी शाक्य- १०४
    ३. ममता झा -२३
    ४. प्रमिलाकुमारी यादव -०

     

    प्रतिकृया दिनुहोस्