News Portal

  • यूएईविरुद्ध नेपालको जित, नेपाल विश्वकप छनोटमा प्रवेश

    आर्थीकसंसार संवाददाता२ चैत, २०७९
    ३४४ पटक
    २ चैत, २०७९

    आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युएइविरुद्ध डकवर्थ लुइस (डिएलएस) पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो ।


    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेटको  क्षतिमा ३१० रन बनाएको थियो ।
    यूएईका लागि आसिफ खानले १०१ तथा वृत्य अरविन्दले ९४ रनको योगदान दिएका थिए ।
    जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि चार जना खेलाडीले अर्ध शतकीय पारी खेले । भीम सार्कीले ६७ रन, आरिफ शेखले ५२ रन बनाउँदा गुल्शन झा र कुशल भुर्तेलले समान ५०/५० रन बनाए ।
    नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जितसँगै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।

    प्रतिकृया दिनुहोस्