News Portal

  • रोयल इन्फिल्डका दुई बाइकको एकहप्ते टेस्ट राइड हुने

    आर्थीकसंसार संवाददाता२४ असोज, २०७७
    १६६० पटक
    २४ असोज, २०७७

    काठमाडौं । रोयल इन्फिल्डका दुई बाइक हिमालयन/इन्टर सेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्सफन’ हुने भएको छ । नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने भएको छ ।
    आगामी आइतबारदेखि एकसातासम्म चल्ने सो टेस्ट राइड विहान १० देखि बेलुकी ५ बजेसम्म गर्न सकिनेछ । सो अवसरमा गाइड मार्सलहरुको सहयोगमा ट्रायल ट्रयाकमा बाइक गुडाउन सकिनेछ । टेस्ट राइड गर्ने राइडरहरुलाई रोयल इन्फिल्डको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने विवेक अटोमोबाइल्सले जनाएकोछ ।
    रोयल इन्फिल्डका दुई प्रिमियम बाइक हिमालयन÷इन्टरसेप्टरको राइड अनुभव लिन पाउँदा राइडरहरु निकै नै खुसी हुने अपेक्षा गरेको कम्पनीको भनाइ छ ।
    हिमालयनमा ४११ सिसीको सिंगल सिलिन्डर एयर कुल्ड एसओएचसी इन्जिन छ । यसले २४.५ पीएस पावर र ३२ एनएमटर्क प्रदान गर्छ ।
    हिमालयन साधारण र दमदार लुक भएको बाइक हो, जसको ड्यासबोर्डमा मोडर्न टच रहेको छ । स्पिडो मिटर, ट्रिप मिटर, फ्युल गेज, डायरेक्सनल कम्पसर अन्य जरुरी इन्फर्मेसन एनालग डायलर डिजिटल डिस्प्लेमा देख्न सकिन्छ । सो बाइकमा हेलोजन हेडल्याम्प उपलब्ध छ ।
    इन्टरसेप्टर बाइकमा ६४८ सीसी, एयर कुल्ड, एसओएचसी, फ्युल इन्जेक्टेड प्यारालल ट्विन मोटर इन्जिनको प्रयोग गरिएको छ । यसले ४७ बीएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्छ ।
    बाइकमा ६ स्पिडको गियर बक्स र स्लिप असिस्ट क्लच समावेश गरिएको छ । बाइकको अधिकतम गति १६३ किलोमिट/प्रतिघण्टा रहेकोछ । सो बाइक रोयल इन्फिल्डको अहिलेसम्मको सबैभन्दा तीव्र गतिको बाइक हो ।
    यी दुई बाइकको मूल्य क्रमशः ८ लाख ९८ हजार र १२ लाख ४९ हजार रुपैयाँ छ ।
    कम्पनीले सामाजिक सञ्जालमार्फत आयोजना गरेको ‘नोयोर इन्फिल्ड’ विजेताको घोषणासमेत सोही अवसरमा फेसबुक लाइभमार्फत गर्ने बताएको छ ।
    दसैं/तिहारलगायतका चाडपर्व नजिक आइरहेको सन्दर्भमा राइडरहरुलाई रोयल इन्फिल्ड बाइकको अनुभूति प्रदान गराउनका लागि सो कार्यक्रम आयोजना गर्न लागेको कम्पनीको भनाइ छ ।

                  

    प्रतिकृया दिनुहोस्