काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् । मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले गत असार महिनादेखी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका बुढाथोकीलाई भोलि चैत १ गतेदेखी कार्यभार सम्हाल्ने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्व विद्यालयवाट बाणिज्य शात्रमा स्नातकोत्तर उतिर्ण गरेका बुढाथोकी सँग करिव डेढ दशक भन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । बैंकिङ क्षेत्रको लामो अनुभव संम्हालेका बुढाथोकीले ग्राहक, शेयरधनी तथा निमयनकारी निकायहरुको चाहना तथा नीति निर्देशन बमोजिम बैंकको सेवा बिस्तार गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ ।
पोखरा न्युरोडमा केन्द्रिय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले शाखा कार्यालयहरु मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय ब्यापार विस्तारमा सफल रहदै आएको बैंकले कृषि, पर्यटन र साना उद्यम जस्ता क्षेत्रमा कर्जा लगानीलाई विषेश जोड दिदै आएको छ ।
ग्रीन डेभलपमेण्ट बैंकले पायो सीईओ, नियुक्त भए हरि बहादुर बुढाथोकी
आर्थीकसंसार संवाददाता३० फागुन, २०७९
३० फागुन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान