News Portal

  • आत्मनिर्भर लघुवित्तको आइपीओ नतिजा यी तीन तरिकाबाट हेर्न सकिने

    आर्थीकसंसार संवाददाता२८ फागुन, २०७९
    ३४९ पटक
    २८ फागुन, २०७९

    काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भइसकेको छ । उक्त आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँड गरेको हो ।
    आइपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/ , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login , सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट  http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
    आइपीओमा कुल १५ लाख ३८ हजार ४ सय ६६ जनाले १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको छ । आइपीओमा परेको योग्य आवेदकको संख्या १५ लाख ३६ हजार २ सय ६३ जना कायम रहेको छ ।
    उक्त आइपीओमा माग भन्दा बढी आवेदन परेकोले योग्य रहेका १५ लाख ३६ हजार २ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर आइपीओ बाँडफाँड गरिएको छ । जसमा १६ हजार ९ सय ७६ जनाले मात्र शेयर पाएका छन् । शेयर पाएका १६ हजार ९ सय ७६ जनामध्ये भाग्यमानी ५ जनाले ११ कित्ता पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

    प्रतिकृया दिनुहोस्