काठमाण्डाै । विद्युत आपूर्ती नियमित भएसँगै विद्युतीय उपकरणकाे प्रयाेग बढेपछि त्रिवेणी व्यापार कम्पनीकाे काराेबारमा उछाल आएकाे छ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङका अनुसार त्रिवेणी व्यापारकाे गत आव २०७८।७९ मा कम्पनीकाे काराेबारमा ५६ प्रतिशतकाे उछाल आउँदा काराेबार रकम ४ अर्ब रुपैयाँ नाघेकाे छ ।
व्यापारबाट प्राप्त आम्दानी ४९.७९ प्रतिशतले वृद्धि भएकाे छ। याे कम्पनीले गत आवमा ४ अर्ब २ कराेड रुपैयाँभन्दा बढीकाे काराेबार गरेकाे छ। चालू आर्थिक वर्ष २०७९।८० मा पुस मसान्तसम्ममा त्रिवेणी व्यापारले १ अर्ब ८१ कराेड रुपैयाँकाे खुद बिक्री गरेकाे छ।
गत आर्थिक वर्ष २०७८।७९ मा नेपालले कूल ७५ अर्ब रुपैयाँ मूल्य बराबरकाे विद्युतीय उपकरण आयात गरेकाे छ।आयात काराेबारकाे मूल्य वार्षिक औसत १८ प्रतिशतका दरले वृद्धि भएकाे छ। ०७४।७५ देखि विद्युत आपूर्तीमा सुधार सँगै घरेलु उपकरणकाे माग ह्वात्तै बढेकाे छ। विप्रेषण आप्रवाहका कारण देशको घरायशी आम्दानीमा वृद्धिले पनि माग बढाएकाे छ।
उच्च चालू पूँजीका कारण याे कम्पनीकाे ब्याज खर्च उच्च छ। गत आवमा मात्र याे कम्पनीले ब्याजवापत मात्र बैंकलाई १४ कराेड २० लाख रुपैयाँ भुक्तानी गरेकाे छ। गत आवमा कम्पनीकाे औसत उधाराे अवधि ६० दिनकाे रहेकाे थियाे।
त्रिवेणी व्यापार कम्पनीले सामसुङ, सानसुई र पानासाेनिकलगायत १० वटा अन्तर्राष्ट्रिय ब्राण्डकाे अधिकृत बिक्रेताकाे हैसियतमा विदेशबाट आयात गरेर विद्युतीय उपकरणहरु बिक्री गर्छ । यस बाहेक आफ्नै यसुदा ब्राण्डमा चीनबाट घरायशी प्रायाेजनका विद्युतीय उपकरणहरू आयात गरेर बिक्री गर्दै आएकाे छ।
यसुदा ब्राण्डमा एलइडी टेलिभिजन नेपालमै जडान गरेर बिक्री गर्दै आएकाेमा प्रविधि परिवर्तन हुँदा टेलिभिजन उत्पादन बन्द गरेकाे छ।
त्रिवेणी व्यापारले वर्ष दिनमै गर्याे रू. ४ अर्बकाे काराेबार, ब्याज खर्च रू. १४ कराेड नाघ्याे
आर्थीकसंसार संवाददाता२७ फागुन, २०७९
२७ फागुन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने