News Portal

  • राष्ट्र बैंकद्वारा डिजिटल वालेटमार्फत हुने कारोबारमा शुल्क नलिन निर्देशन

    आर्थीकसंसार संवाददाता२३ असोज, २०७७
    १११६ पटक
    २३ असोज, २०७७

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म डिजिटल वालेटमार्फत हुने कारोबारमा शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सेवा शुल्क नलिन निर्देशन दिएको हो ।
    कोरोना भाइरसको असहज परिस्थितिलाई दृष्टिगत गर्दै सेवा शुल्क नलिन राष्ट्र बैंकले निर्देशन दिएको हो । वालेटहरुले पुस मसान्तसम्म अब सेवा शुल्क लिन नपाइने भएको हो । यस्तै, राष्ट्र बैंकले डिजिटल कारोबार गर्ने वालेटहरुको लागि सेवा शुल्क पनि तोकेको छ । सरकारलाई बुझाएने राजश्वअनुसार ५ देखि ३० रुपैयाँसम्म शुल्क लाग्ने भएको छ ।
    १ हजारको कारोबार भएमा निःशुल्क, १ हजारदेखि ३ हजारसम्म ५ रुपैयाँ, ३ हजारदेखि १० हजारसम्म १० रुपैयाँ र १० हजारभन्दा माथि कारोबार गर्नेलाई ३० रुपैयाँ सेवा शुल्क लिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

    प्रतिकृया दिनुहोस्