News Portal

  • प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिने समय अवधि थप

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७९
    २३९ पटक
    २६ फागुन, २०७९

    काठमाडौं । प्रभु बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने समय अवधि थप भएको छ । कम्पनीले फागुन १२ गते देखि ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक शेयर लिलामी विक्री खुला गरेको हो । अव आवेदकले चैत ५ गते कार्यालय समयसम्म लिलामी शेयरमा आवेदन दिने सक्नेछन् ।
    उक्त शेयर खरीदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीसहित अन्य ईच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेस गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । शेयरको मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र शेयर गर्नुपर्नेछ ।
    विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । आवेदकले काठमाडौं, कमलादी प्रभु क्यापिटल पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।
    बोलपत्रमा आफूले खरीद गर्न चाहेको शेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने विक्री प्रबन्धकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्