News Portal

  • एकैदिन २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता२३ असोज, २०७७
    १२८८ पटक
    २३ असोज, २०७७

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा एकैदिन २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९ जना रहेका छन् । काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ जना सक्रमित थपिएका हुन् ।
    योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघेको छ । नेपालमा हालसम्म १ लाख ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिए ।
    यसैगरी संस्थागत आइसोलेशनमा ११ हजार १ सय ७६ जना र होम आइसोलेशनमा १५ हजार ८ सय ७७ जना रहेका छन् । हाल ३ सय १८ जना आइसीयूमा उपचाररत छन् भने ७५ जना भेन्टिलेटरमा छन् ।
    पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै मृत्तकको संख्या ६ सय पुगेको छ । नेपालमा मृत्युदर ०.६ रहेको छ ।
    नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । नेपालमा कोरोना जितेर डिस्चार्ज हुने प्रतिशत ७२.५ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्