News Portal

  • सबैको लघुवित्तको १८ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७९
    १८५ पटक
    २६ फागुन, २०७९

    काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाकाे लाभांश पारित भएकाे छ । लघुवित्तकाे छैठौं वार्षिक साधारण सभा संचालक समितिद्वारा प्रस्तावित १८ प्रतिशत लाभांश र ०.९५ प्रतिशत लाभांश पारित भएकाे हाे ।
    सभाले आ.व. २०७८/७९ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ ।
    यसैगरी सभाले लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्रेष्ठ एण्ड न्यौपाने एशोसियट चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरेको छ ।
    वार्षिक साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित सेयरधनीहरुले सर्वसम्मतिबाट पारित भएकाे लघुवित्तले जानकारी दिएकाे छ ।

     

    प्रतिकृया दिनुहोस्