News Portal

  • हरेक महिनाको २५ गते इसेवाबाट बीमाको प्रिमियम तिर्दा २०० रुपैयाँ क्यासब्याक पाइने

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०७९
    २३१ पटक
    २५ फागुन, २०७९

    काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले हरेक महिनाको २५ गतेलाई ‘इन्स्योरेन्स डे’ को रूपमा मनाउने भएको छ ।
    यस अफर अन्तरगत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम बुझाउँदा २०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । इन्स्योरेन्सकाे प्रिमियम अनलाइन मार्फत भुक्तान गर्नका लागि प्रात्साहन गर्नका लागि इसेवाले यो सुविधा ल्याएको जनाएकाे छ ।
    इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत नेपालीहरू सेवा प्रदान गरिरहेको छ ।
    इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल एक लाख ८५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिन्छ ।

     

    प्रतिकृया दिनुहोस्