News Portal

  • अन्तराष्ट्रिय महिला दिवसमा आइएमई अटोमोटिभ्सको “महिला सशक्तिकरण अभियान”

    निर्माण उपकरणबारे सैद्धान्तिक र व्यावहारिक सत्रहरूको निःशुल्क तालिम

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०७९
    २८६ पटक
    २५ फागुन, २०७९

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आइएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत सैद्धान्तिक एवम् व्यवहारिक ज्ञानसहितको निःशुल्क तालिम प्रदान गरिनेछ ।
    उक्त तालिममार्फत महिलाहरूलाई ब्याकहोलोडर चलाउने सीप हासिल गर्न, सवारी साधनको इजाजतपत्र प्राप्त गर्न मद्दत गर्न साथै सम्बन्धित क्षेत्रमा सुरक्षित रोजगारीका अवसरहरू खोज्न मद्दत गर्ने उद्देश्य कम्पनीले लिइएको छ । यस्ता अभियानहरुले महिला सशक्तिकरणमा जोड दिँदै परम्परागत मान्यतामा परिवर्तन आउने कम्पनीले विश्वास लिइएको छ ।
    आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, “निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने हाम्रो विश्वास छ ।“ “यो निःशुल्क तालिम प्रदान गरेर, हामी महिलाहरूलाई सशक्तिकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौं ।”
    यो अभियान सबै पृष्ठभूमि र उमेरका महिलाहरूका लागि खुला हुनेछ । तालिमको अन्त्यमा, सहभागीहरूले पूर्णताको प्रमाणपत्र प्राप्त गर्नेछ, जसलाई सम्भावित रोजगारदाताहरूलाई आफ्नो नयाँ प्राप्त सीपहरू प्रदर्शन गर्न प्रयोग गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्