News Portal

  • ग्लोबल आइएमई लघुवित्तको साधारण सभा सम्पन्न, दुई संचालक निर्वाचित

    आर्थीकसंसार संवाददाता२४ फागुन, २०७९
    २०५ पटक
    २४ फागुन, २०७९

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा पोखराको लेकसाइड स्थित बेस्ट रिसोर्ट नेपालमा आयोजना गरिएको हो । सभाले दुई जना स्वतन्त्र संचालक नियुक्त गरेको कम्पनीले जनाएको छ ।
    कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२ प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्ति गरेको छ ।
    साथै वित्तीय संस्थाको सर्वसाधारण समूह (समूह ख) अर्न्तगत सजनी नेपाल र मिन प्रसाद ज्ञवाली सञ्चालकतर्फ निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस्