News Portal

  • प्रभु डिजिटल प्रालिले आईपिओ निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता२३ असोज, २०७७
    १४५२ पटक
    २३ असोज, २०७७

    काठमाडौँ । नेपालका बैंक, बीमा कम्पनी तथा औद्योगिक क्षेत्रमा ठूलो लगानी गर्दै आएको प्रभु ग्रुपले सञ्चालन गर्दै आएको प्रभु टिभीले आईपिओ निष्काशन गर्ने भएको छ । सो ग्रुपअन्तर्गत सञ्चालित प्रभु डिजिटल प्रालिले आईपिओ निष्काशन गर्नको लागि पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेलसहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुने भएको छ ।
    दूरसञ्चार सम्बन्धी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रालिले सञ्चालन गरेको सेवालाई प्रभु डिजिटल लिमिटेडको नाममा सञ्चालन गर्न अनुमति दिइसकेको जनाएको छ । यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संशोधन गरिसकेको छ ।
    प्रभु डिजिटल प्रालिले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आईपिटिभी÷ओटिटि सेवासमेत सञ्चालन गरिरहेको छ । प्रभु डिजिटलको आईपिओसम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

    प्रतिकृया दिनुहोस्