News Portal

  • इस्कोन नेपालद्वारा हजारौं भक्तजनहरुको साथ हर्षोल्लास पूर्ण फुलमालाको होली कार्यक्रम सम्पन्न

    प्रेम र भक्तिको साथ नेपालमा अहिलेसम्मकै ठूलो होली

    आर्थीकसंसार संवाददाता२४ फागुन, २०७९
    २७९ पटक
    २४ फागुन, २०७९

    काठमाडौं । संसारभरी रासायनिक बिषादयुक्त रंग प्रयोग गरि होली मनाउदैं गर्दा नेपालको राजधानी काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा सौहार्दपूर्ण पुष्पको होली उत्सब मंगलबार आयोजना गरिएको छ । इस्कॉन नेपालले भगवान चैतन्यको ५३७ औं जन्मजयन्ती मनाउनको लागि सबैभन्दा ठूलो वैष्णव पर्व, गौरा पूर्णिमा सफलतापूर्वक आयोजना गर्यो । भगवान चैतन्य महाप्रभु स्वयम् कृष्ण हुनुहुन्छ जो यस कलियुगमा स्वर्णयुग अवतारको रूपमा भक्ति सेवाको सिद्धान्त सिकाउनको लागि प्रकट भएको कार्यक्रम बुढानिलकण्ठ, काठमाडौं मन्दिरमा भएको थियो र ५००० भन्दा बढी भक्तहरूको उपस्थिति थियो । यस दिन ६ हजारभन्दा बढी सहभागीले निःशुल्क प्रसाद भोजन प्राप्त गरेका थिए। सबै भक्तजन, विदेशी र आमन्त्रित अतिथिहरूले हरे कृष्ण महामन्त्रको जप गरेका थिए ।


    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम राम हरे हरे यस पर्वको क्रममा, इस्कॉन नेपालले जीवन्त रंग र दिव्य संगीतको माध्यमबाट प्रेम र एकताको सन्देश फैलाउँदै नेपालको सबैभन्दा ठूलो फूल होली पर्व पनि मनाएको थियो ।
    वैदिक संस्कारले भरिपूर्ण इस्कोन नेपालमा राधाकृष्णको सुन्दर मन्दिर रहेको छ जहाँ ४० भन्दा बढी गाईको सेवा गरिन्छ र मिठो खीर प्रसाद दर्शनार्थीलाई निः शुल्क वितरण गरिन्छ । भगवान् श्री कृष्ण स्वयम् श्री चैतन्य महाप्रभुको रुपमा करिब ५३७ बर्ष अघि पश्चिम बङ्गाल को नवदीप, मायापुरमा प्रकट हुनुभएको हो, आज उहाँकै प्राकट्य तिथिमा भगवान् लाई पुष्पको होली र भगवानको बिशेष अभिषेक का साथ होली मनाइदै छ । संसारभरी चिर परिचित श्रेदय पत्री प्रभुजी को बिशेष प्रबचन र किर्तनले पनि आजको बिशेष शोभा बढाएको हो ।
    कुनै बर्गीय र जातीय विभेद बिना सम्पूर्ण जीवात्माको हित को लागि इस्कोन द्वारा बिभिन्न सेवा गरिदै छन्, जीवनका लागि भोजन नेपाल, भक्तिवेदांत हस्पिटल, भक्तिवेदांत गुरुकुल, भक्तिवेदांत पाठशाला लगायत बिभिन्न प्रोजेक्टहरु द्वारा सेवा प्रदान गरिएको छ । आज हजारौं भक्तजनहरु सहित बिभिन्न सांस्कृतिक कार्यक्रम र भजन संगै सन्ध्याको समयमा विशेष पुष्प होली खेलिदै छ ।
    आध्यात्मिक ज्ञान र भक्तिको खोजीमा हुनेहरुलाई उत्तम स्थान इस्कोनका बिभिन्न केन्द्रहरुमा गई मेडिटेसन (ध्यान ), हरे कृष्ण महामंत्रको जप, सुन्दर भगवानका विग्रहको आरती, दर्शन र प्राथना गर्न सकिन्छ ।
    अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) आध्यात्मीक संस्थाको रुपमा भक्तिवेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गर्नुभएको अन्तराष्ट्रियस संस्था हो । यस संस्थाको मुख्य उद्धेश्य भनेको मानिसले भौतिक जगतको सामिप्यताले बिर्सेको श्रीकृष्णसँगको वास्तविक सम्बन्धको चेतना महशुस गराउनु हो । संसारभरिका १२०० ठूला तथा हजारौंको संख्यामा साना सेन्टरहरु मार्फत लाखौ भक्तहरु इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मीक चेतनाको विकास गरी कृष्णभावनाको प्रचार गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्