News Portal

  • नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७९
    ४३२ पटक
    २३ फागुन, २०७९

    काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा भएको त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
    पपुवा न्युगिनी र यूएई सम्मिलित शृंखलामा खेलेका ४ मध्ये नेपाले ३ खेल जितेको थियो । पपुवा न्युगिनीसँगका दुवै खेल जितेको नेपाल यूएईसँगको पहिलो खेलमा भने पराजित भयो । नेपालले पपुवान्युगिनी र यूएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दैछ ।
    नेपालसँगै यूएई पनि सिरिजका लागि आज नै नेपाल आइपुगेको छ ।
    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने शृंखलाको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ ।
    मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ ।
    मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टुको अन्तिम खेल मार्च १६ (चैत २) मा नेपाल र यूएईबीच हुने छ ।

    प्रतिकृया दिनुहोस्