News Portal

  • सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित छैनन् : अर्थविद् वाग्ले

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७९
    २५६ पटक
    २३ फागुन, २०७९

    काठमाडौं । अर्थविद् तथा काठमाडौं विश्वविद्यालयका प्रा.डा. अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन् ।
    मंगलबार काठमाडौं विश्वविद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपन सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
    उनले नेपालमा उत्पादन भएका वस्तुहरुको विदेशमा निर्यात बनाउनको लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको बताए । ‘तथ्य तथ्याङ्कमा आधारित भएको नीति बनाए नेपालबाट विदेशमा कति वस्तुहरु निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी हुन्छ,’ उनले भने ।
    सम्मेलनमा सरकारले बनाएका वाणिज्य नीतिहरु किन प्रभावकारी नभएको भन्ने बारेमा कार्यपत्र प्रस्तुत गरिने उनले बताए । ‘अहिलेसम्म सरकारले बनाएका नीतिहरु के भएर फेल भए भन्ने बारेमा भारत र नेपालमा गरिएको कार्यपत्र प्रश्तुत हुन्छ,’ उनले भने ।
    उनले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको र त्याे आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण रहेको बताए ।
    मंगलबार र बुधबार गरी दुई दिनसम्म चल्ने सम्मेलनमा भारत र पोल्याण्डका प्रोफेसरहरुको सहभागिता रहेको छ  ।

     

    प्रतिकृया दिनुहोस्