News Portal

  • यस्तो बन्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो, विश्वास र सुरक्षाको प्रतिवद्धता

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०७९
    २४८ पटक
    १७ फागुन, २०७९

    काठमाडौं । दुई कम्पनी मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लागो सार्वजनिक भएको हो ।
    उक्त नयाँ लोगोमा सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको लोगोको मिश्रण देखिन सकिन्छ । जसमा ‘ट्रष्ट एण्ड सेक्यूरिटी’ लेखिएको छ । जसले ग्राहक अर्थात बीमितलाई विश्वास र सुरक्षा दिने कम्पनीको प्रतिवद्धता रहेको जनाउँछ ।
    सिद्धार्थले सही अर्थमा सुरक्षा दिने प्रतिवद्धता गरेको थियो भने प्रिमियरले आफ्ना वाचाहरु पुरा गर्ने प्रतिवद्धता गरेका थिए । अब दुई एक भएसँगै विश्वास र सुरक्षा दुबैलाई प्राथमिकतामा राखिने प्रतिवद्धता गरिएको कम्पनी श्रोतले बताएको छ ।
    सिद्धार्थ र प्रिमियर मर्ज भई आज (फागुन १७ गते) बाट नयाँ कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुँदै छ । नयाँ कम्पनीको अध्यक्षमा प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, सञ्चालकमा पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, बलराम श्रेष्ठ र रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् ।
    कम्पनीको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ बीरेन्द्र बैदवार क्षेत्री रहने छन् ।
    यससँगै, नयाँ बनेको इन्स्योरेन्सको कम्पनी सचिवमा शुदर्शन आचार्य नियुक्त भएका छन् । आचार्य सिद्धार्थ इन्स्योरेन्सका सूचना अधिकारी हुन् ।

     

    प्रतिकृया दिनुहोस्