News Portal

  • पूँजी बढाएर मात्र हुँदैन, बजारमा राम्रो छवि राख्न सक्नुपर्छ : अध्यक्ष सिलवाल

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०७९
    २८३ पटक
    १७ फागुन, २०७९

    काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल बीमा कम्पनीले पूँजी मात्र बढाएर बढाएर नहुने बताएका छन् । बुधबार सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
    उनले लोगो परिवर्तन गरेर, पूँजी बढाएर मात्रै केही नहुने बताए । कम्पनीहरुले नीति निर्देशनमा बसेर बिजनेस गर्न सक्नुपर्ने उनी बताउँछन् । ‘पूँजी अनुसारको व्यवसाय गर्नु पर्यो, बजारमा सकारात्मक इमेज राख्न सक्नु पर्यो,बीमा दाबी भुक्तानी समयमा दिनु पर्यो, यदि समयमा दाबी भुक्तानी गरीएन भने ग्राहकले सराप्ने गर्छन्,’ उनले भने ।
    अध्यक्ष सिलवालले बीमा कम्पनीहरु काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौंबाहिर गएर पनि कम्पनीहरुले बीमा गर्नुपर्ने बताए । उनले कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दाबी परेपछि तिर्न पनि सिकाउनु पर्ने बताएका छन् ।
    यस्तै, उनले बीमा प्राधिकरणले मर्जर गर्ने कुनै पनि दवाव नदिएको बताएका छन् । उनले कम्पनीलाई आफै पूँजी बढाउन वा मर्जरका माध्यमबाट पूँजी बढाउन सक्ने दुई विकल्प मध्य मर्जर रोजेको बताए ।
    ‘थप पूँजी आफै बजारमा ल्याउनुभन्दा अहिले भएको पूजीलाई नै एकीकृत गर्नुपर्ने विकल्प उचित हो,’ उनले भने ।

     

    प्रतिकृया दिनुहोस्