News Portal

  • समयमा एकीकृत कारोबार गर्न सफल भयौं : सीईओ क्षेत्री

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०७९
    ३०७ पटक
    १७ फागुन, २०७९

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरेन्द्र वैदवार क्षेत्रीले निर्धारित समयमा एकीकृत कारोबार गर्न सफल भएको बताएका छन् । बुधबार सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
    उनले कम्पनीले जटिल प्रक्रियालाई सहज ढंगले गर्न सफल भएको बताएका छन् । बीमा क्षेत्रलाई स्वतस्फूर्त विस्तार गर्न र विकास गर्न मर्जर आवस्यक रहेको उनको भनाइ छ ।
    यस्तै, मर्जर कमिटी संयोजक रामेश्वर बस्यालले मर्जर पश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बीमा क्षेत्रमा ठूलो कम्पनीको रुपमा उभिने बताएका छन् । ‘मर्जरपछि सशक्त बन्दै कम्पनी अघि बढ्छ,’ उनले भने । उनले कम्पनीले सिनर्जी ल्याएर लगानीकर्तालाई पनि राम्रो प्रतिफल दिने बताए ।
    सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको यो मर्जर निर्जीवन बीमा क्षेत्र कै तेश्रो हो । तर बीमा क्षेत्रमा भने यो चौथो मर्जर हो ।

     

    प्रतिकृया दिनुहोस्