News Portal

  • सिद्धार्थ प्रिमियरको अध्यक्षमा सुरेश लाल श्रेष्ठ, को को भए सञ्चालक ?

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०७९
    २६६ पटक
    १७ फागुन, २०७९

    काठमाडौं । आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुरेश लाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको आज विहान साढे ९ बजे सम्पन्न सञ्चालक समितिको प्रथम बैठकले सुरेश लाल श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो । श्रेष्ठ साविक प्रिमियर इन्स्योरेन्सका अध्यक्ष हुन् ।
    त्यस्तै सञ्चालक समितिको सदश्यमा पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, वलराम श्रेष्ठ र रामेश्वर प्रसाद बस्याल चयन भएका छन् ।
    सञ्चालक समितिमा सिद्धार्थको तर्फबाट पवन कुमार अग्रवाल, राहुल अग्रवाल र रामेश्वर प्रसाद वस्याल चयन भएका छन् भने प्रिमियरको तर्फबाट अध्यक्ष श्रेष्ठ सहित सञ्चालक समितिको सदश्यमा राजन कृष्ण श्रेष्ठ र वलराम श्रेष्ठ चयन भएका हुन् । त्यस्तै कम्पनी सचिवमा सिद्धार्थका सुदर्शन आचार्य नियुक्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्