News Portal

  • द क्लिफ नेपालमा प्रभु बैंकको एटिएम सेवा सुरू

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७९
    २१९ पटक
    १६ फागुन, २०७९

    काठमाडौं । साहसिक पर्यटनका लागि लोकप्रिय रहेको कम्पनी द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटिएम सेवा सुरू भएको छ । सोमबार द क्लिफका निर्देशक युवराज जोशीले बीच एटिएम उद्घाटन गरेका हुन् ।
    एटिएम उद्घाटन गर्दै निर्देशक जोशीले पर्यटकहरूको सहजताका लागि एटीएम सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले सहकार्यका लागि प्रभु बैंकलाई धन्यवाद समेत दिएका थिए ।
    द क्लिफमार्फत राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा जीपलाइन, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्