News Portal

  • शिखर इन्स्योरेन्सका सर्भेयरलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७९
    २४० पटक
    १६ फागुन, २०७९

    काठमाडौं । शिखर इन्स्योरेन्सले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धमा मिटिङ्ग आयोजना गरेको छ । फागुन १२ गते इन्स्योरेन्सले आफ्ना सर्भेयरहरुका लागि उक्त मिटिङ्ग आयोजना गरेको हो । जुन अनलाइन प्लेटफर्म जुम मार्फत सम्पन्न भएको हो ।
    मिटिङ्गको उद्देश्य सम्पत्ति शुद्धीकरण गर्ने र आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण र यसले देश जनतालाई कसरी फाइदा गर्छ ? भन्ने विषयमा छलफल भएको थियो । जसमा सम्पति शुद्धीकरण के हो ? सम्पत्ति शुद्धीकरण कसरी गरिन्छ ? सम्पति शुद्धीकरणको चक्र, सम्पत्ति शुद्धीकरण किन गर्नुपर्छ ? बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको महत्व के हो ? यसको कानुनी रुपरेखा, सम्पत्ति शुद्धीकरणको लागि बीमकहरुले पालन गर्नुपर्ने काम र कर्तव्यहरू, सम्पत्ति शुद्धीकरणमा सर्भेयरहरुको भूमिका आदिको बारेमा जानकारी गराइएको थियो ।
    यससँगै उक्त मिटिङ्गले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका मुद्दाहरूको बारेमा सर्भेयरहरूलाई चेतना जगाएको कम्पनीको दावी छ । आफ्ना सर्भेयरहरुलाई सचेत गराउन भविष्यमा पनि यस्ता जानकारीमूलक मिटिङ्गहरु आयोजना गर्न शिखर इन्स्योरेन्स प्रतिबद्ध रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्