News Portal

  • कृषि विकास बैंकको शाख र छवि सधैं उँचो राख्नेछु : सीईओ गुरुङ

    आर्थीकसंसार संवाददाता१५ फागुन, २०७९
    १८६ पटक
    १५ फागुन, २०७९

    काठमाडौं । कृषि विकास बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकको शाख र छवि सधैं उँचो राख्ने बताएका छन् । सोमबार सामाजिक संजालमार्फत गुरुङले यस्तो बताएका हुन् ।
    उनले बैंकको गरिमामय तथा गहन जिम्मेवारीका लागि नियुक्त भएको अवसरमा बधाई तथा शुभकामना दिनेप्रति कृतिज्ञता जनाउँदै बैंकको अनगिन्ती चुनौतीहरुलाई अवसरमा बदल्नका सहयोगको अपेक्षा गरेका बताएका छन ।
    ‘आगामी दिनमा पनि दक्ष मानव संसाधन तथा अत्याधुनिक प्रिविधिको माध्यमबाट ग्राहक मैत्री वातावरणमा उच्चस्तरीय बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै जाने र कृषि विकास बैंकको शाख र छविलाई सदैब उँचो राख्ने प्रतिबद्धता सहित अनगिन्ती चुनौतीहरुलाई अवसरमा बदल्नका लागि यहाँहरु सबैको निरन्तर साथ सहयोगको अपेक्षा गर्दछ,’ उनी लेख्छन् ।
    सिभिल बैंकका पूर्व सीईओ रहेका गुरुङ फागुन ६ गते कृषि विकास बैंकको सीईओमा नियुक्त भएका थिए । उनीसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका उनले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् ।

     

    प्रतिकृया दिनुहोस्