काठमाडौं । नेपाल बीमक संघको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट गत आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तथा अन्य वित्तीय विवरणहरु सर्वसम्मत स्वीकृत भएका छन् । सभामा अध्यक्ष चंकी क्षेत्रीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषध्यक्ष युगेशभक्त वादेले कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
नेपाल बीमक संघमा निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको प्रतिनिधित्व रहन्छ । साधारणसभामा उपाध्यक्ष सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, महासचिव नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, कोषाध्यक्ष आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादेको उपस्थिति रहेको थियो ।
संघको कार्यसमितिका पदाधिकारी सहित अन्य प्रमुख कार्यकारी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । गत वर्ष मात्रै कार्यसमिति परिवर्तन भएको थियो । अव अर्को वर्ष कार्यसमितिको लागि अधिवेशन हुनेछ ।
नेपाल बीमक संघको २१ औं वार्षिक साधारणसभा सम्पन्न
आर्थीकसंसार संवाददाता१५ फागुन, २०७९
१५ फागुन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने