काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनमा विक्री नभएको शेयर फागुन १ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो । शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी संस्थाहरूले आज सोमवार अर्थात् फागुन १५ गते बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले संस्थापकतर्फको ५ लाख ५६ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारतर्फको ५८ हजार ४२९ दशमलव ९० कित्ता गरी कुल ६ लाख १५ हजार १०४ दशमलव ४७ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।
बोलपत्र पेस गर्दा संस्थापक शेयरको लागि न्यूनतम १००० कित्ता र सर्वसाधारण शेयरको लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
बेष्ट फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
आर्थीकसंसार संवाददाता१५ फागुन, २०७९
१५ फागुन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने