काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले फिल्ड कर्मचारीका लागि ‘प्रभावकारी फिल्ड व्यवस्थापन’ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
दुई दिने तालिममा संस्थाका अनुगमन कार्यालय बट्टार, नुवाकोट र कटुन्जे, भक्तपुर अन्तर्गतका १६ शाखा कार्यालयका ४८ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
तालिमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरुलाई तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा उतार्ने र मनोबल उच्च बनाइ सेवा प्रवाह गर्न आग्रह गरे ।
तालिममा संस्थाले दिँदै आएको सेवा तथा सुबिधा, वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीता, सम्भावना र चुनौती, कर्मचारीको व्यक्तित्व विकासका विषयमा तालिम दिईएको थियो। तालिम योजना तथा तालिम बिभागका प्रमुख उमेश मान डङ्गोल, कर्जा बिभागका रबि प्रसाद आचार्य लगायतले प्रशिक्षण दिएको थियो ।
मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुबित्त सेवा प्रदान गरिरहेको छ ।
मेरो माइक्रोफाइनान्सको प्रभावकारी फिल्ड व्यवस्थापन तालिम सम्पन्न
आर्थीकसंसार संवाददाता१४ फागुन, २०७९
१४ फागुन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने