News Portal

  • निक्षेप सुरक्षण काेषकाे डेढ अर्ब निक्षेपका लागी बाेलपत्र दिने भाेलि अन्तिम दिन

    आर्थीकसंसार संवाददाता१३ फागुन, २०७९
    २६८ पटक
    १३ फागुन, २०७९

    काठमाण्डाै‌ । बाेलकबाेलमार्फत् निक्षेप तथा कर्जा सुरक्षण काेषकाे १ अर्ब ५० कराेड रुपैयाँ निक्षेप स्वीकार्ने भाेलि फागुन १४ गते अन्तिम दिन । कर्जा सुरक्षण काेषले आफूले बै‌ंक तथा वित्तीय संस्थाबाट सुरक्षण शुल्क(बीमाशुल्क)वापत प्राप्त गरेकाे आम्दानी पुनः बै‌ंक तथा वित्तीय संस्थामै निक्षेप राख्नका लागी शिलबन्दी बाेलपत्र आह्वान गरेकाे हाे ।
    काेषले खराब कर्जा ३ प्रतिशतभन्दा तल रहेकाे,लगातार पाँच वर्षदेखि नाफामा रहेकाे, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपकाे २० प्रतिशत वा साे भन्दा बढी रहेकाे, शीघ्र सुधारात्मक कारवाहीमा परेकाे भए कारवाही फुकुवा भएकाे ३ महिना नाघेकाे र नेपाल राष्ट्र बैंकले संचालक समिति अध्यक्ष, सदस्य वा प्रमुख कार्यकारी अधिकृतलाई जरिवाना तथा कारवाही गरेकाे १ वर्ष पुरा भएकाे क वर्गका बैंकले मात्र बाेलपत्र प्रतिस्पर्धामा सहभागीता जनाउन सक्ने जानकारी दिएकाे छ।
    काेषले निक्षेपका लागी प्रस्ताव गरिएकाे रकम १ अर्ब ५० कराेड रूपैयाँमध्ये न्यूनत्तम ५ कराेड रूपैयाँ निक्षेप स्वीकार्नुपर्ने शर्त राखेकाे छ। काेषले कार्यालय समयभित्र शिलबन्दी बाेलपत्र पेश गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख छ।

    प्रतिकृया दिनुहोस्