News Portal

  • कालिका लघुवित्तको ११ हजार ६०० कित्ता संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता११ फागुन, २०७९
    ३३७ पटक
    ११ फागुन, २०७९

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ हजार ६०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।
    यस शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा आवेदन पेश गर्नुपर्नेछ ।
    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्