News Portal

  • नेशनल लाईफ इन्स्योरेन्स ३६ औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता१० फागुन, २०७९
    २१२ पटक
    १० फागुन, २०७९

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स ३६ औं वर्षमा प्रवेश गरेको छ । नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ फागुन १० गतेदेखि ३५ वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको हो ।
    यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रमका साथै देशभरका ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेकाे छ । साथै, कम्पनीले कर्मचारीहरुबीच विभिन्न खेलकुद कार्यक्रम पनि सम्पन्न गरेकाे छ ।
    ३५ वर्ष अघि अर्थात् २०४४ साल फागुन १० गते नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीका नामबाट आफ्नो जीवन तथा निर्जीवन व्यवसाय सुरु गरेको थियो । तर, बीमा समिति (हाल बीमा प्राधिकरण)ले २०६३ सालमा जीवन र निर्जीवन बीमा व्यवसायका लागि छुट्टाछुट्टै बीमा कम्पनी हुनुपर्ने व्यवस्था गरेपछि नेशनल लाइफले जीवन बीमा व्यवसाय मात्रै गर्दै आएको छ ।
    स्थापनाकालमा कम्पनीको पूँजी २ करोड रुपैयाँ थियो । साढे ३ दशकभन्दा लामो इतिहास बोकेको कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
    कम्पनीमा ६५ प्रतिशत संस्थापक सेयरधनीहरु र ३५ प्रतिशत सर्वसाधारण सेयरधनीहरुको स्वामित्व रहेको छ । कम्पनीमा राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत र नेपाली संस्थापकहरुको हिस्सा ५५ प्रतिशत लगानी रहेको छ । कम्पनीमा विदेशी लगानीकर्ताको सेयर स्वामित्व १ प्रतिशत रहेको छ ।
    कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्ममा कम्पनीमा ३७६ जना कर्मचारी कार्यरत रहेका छन् । कम्पनीको सञ्चालक समिति अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीले कम्पनीको नेतृत्व गर्दै आएका छन् ।

     

    प्रतिकृया दिनुहोस्