News Portal

  • महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

    आर्थीकसंसार संवाददाता९ फागुन, २०७९
    २४९ पटक
    ९ फागुन, २०७९

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले २०७७ फागुन १० गतेदेखि २०७९ फागुन ९ गतेभित्र व्यतित भएका बीमालेखहरुको नविकरण बीमा शुल्क २०७९ चैत्र ९ गतेभित्र भुक्तानी गरी बीमा शुचारु गरेमा २५ प्रतिशत व्याज छुट दिने जनाएको छ । यसअघि छुट लिइसकेका बीमितहरुको हकमा भने यस योजना लागु नहुने कम्पनीले जनाएको छ । थप जानकारीको लागि बीमितहरुलाई कम्पनीको कार्यालयमा बुझन कम्पनीले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्