काठमाडौं । विगत २७ बर्षदेखि नेपाली बीमा बजारमा सेवा पु-याउँदै आएको नेको इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानीलाई प्राथामिकतामा राख्दै आएको छ । कम्पनीले बीमितहरुको सेवालाई ध्यानमा राख्दै दाबी भुक्तानीलाई प्राथामिकता दिँदै आइरहेको हो । यसैबीच कम्पनीले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको दावी भुक्तानी गर्न बाँकी रहेको दाबीमध्ये जम्मा ३६७२ वटा दावीको ५२ करोड ९१ लाख (७४%) भुक्तानी गरिसकेको जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० को माघसम्म आइपुग्दा चालु आर्थिक वर्षमा परेका दाबी मध्ये ३४६४ वटा दाबीको १९ करोड ८० लाख (५७%) भुक्तानी गरिसकेको छ । त्यसैगरी यस आर्थिक वर्षकोे माघ महिनासम्म आइपुग्दा जम्मा ७१३६ वटा दाबीको रु ७२ करोड ७१ लाख भुक्तानी गरिसकेको छ ।
कम्पनीले कागजात पुरा भएका दावीहरुको यथाशीघ्र दावी भुक्तानी नीति लिएको दावीकर्ता बीमितहरुलाई बाँकी कागजात बुझाई यथाशीघ्र दावी भुक्तानी लिन समेत अनुरोध गरेको छ ।
नेको इन्स्योरेन्सको दाबी भुक्तानीमा उल्लेख्य बृद्धि, ७ हजारभन्दा बढी दाबी फर्छ्यौट
आर्थीकसंसार संवाददाता८ फागुन, २०७९
८ फागुन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने