News Portal

  • आँबूखैरेनी गाउँपालिकाको विपद् कोषलाई बीमासँग आवद्ध गराउँछौं : अध्यक्ष चुमान

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७९
    १८९ पटक
    ८ फागुन, २०७९

    काठमाडौं । गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकामा रहेको विपद् कोषलाई बीमासँग आवद्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल बीमा प्राधिकरणले गत फागुन ७ गते आयोजना गरेको जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
    अध्यक्ष चुमानले गाउँपालिकामा रहेको विपद् कोषलाई बीमासँग आवद्ध गर्न र विपन्न वर्गको बीमाका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले नागरिकका जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नु गाउँपालिकाको पनि दायित्व भएकाले नीति तथा कार्यक्रममा नै समावेश गरी बीमा कार्यक्रमलाई अगाडि बढाउने बताए ।
    साथै, उनले बीमा कम्पनीहरुले गाउँपालिकामा आएर बीमा गराउन ध्यान नदिएको गुनासो समेत गरे ।
    कार्यक्रममा प्राधिकरणका उपनिर्देशक अधिकारीले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गर्दै नीति तथा कार्यक्रममा बीमा कार्यक्रमलाई समावेश गर्न र सबैको दुर्घटना बीमा गर्न गाउँपालिकासँग आग्रह गरेका हुन् ।

    कार्यक्रममा आँबूखैरेनी गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी, नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोकप्रसाद काफ्ले, जिल्लास्थित बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, बीमा अभिकर्ता, अगुवा कृषक र संचारकर्मीहरु लगायत गरी करिव ९५ जनाको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्