News Portal

  • बार्षिकोत्सवको अवसरमा राष्ट्रिय बीमा संस्थानद्वारा खाद्यन्न वितरण

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७९
    ३४५ पटक
    ८ फागुन, २०७९

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यन्न वितरण गरेको छ। कम्पनीले आफ्नो ५६ औं बार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो ।
    ललितपुरमा अवस्थित होप राईजिङ्ग चिल्ड्रेन होमका अध्यक्ष नन्दऋषि आचार्यलाई राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक र अन्य कर्मचारीको उपस्थितिमा खाद्य सामग्री चामल,दाल, तेल , चिनी ,चिउरा लगायतका समान वितरण गरिएको हो।
    असहाय, न्यून वर्ग तथा आर्थिक अवस्था कमजोर भएको बालबालिकाको लागि स्थापना भएको चिल्ड्रेन होममा ३० जना विद्यार्थी रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्