News Portal

  • कृषि विकास बैंकका सीईओ गुरुङले कार्यभार सम्हाले

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७९
    २७८ पटक
    ८ फागुन, २०७९

    काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । उनले सोमबार कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन् । गत शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको थियो ।

    सीईओ छनोट समितिले शनिबार तीन जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीन जनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको थियो ।
    सीईओ गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए । उनीसँग विदेशी बैंकको सीईओ भएर काम गरेको अनुभव पनि छ ।

     

    प्रतिकृया दिनुहोस्