News Portal

  • सडकमा फोहोर फाल्दा एनआईसी एशिया बैंकलाई ११ हजार जरिवाना

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७९
    ३४२ पटक
    ८ फागुन, २०७९

    काठमाडौं । वीरगंज महानगरपालिकाले एनआईसी एशिया बैंकलाई जरिवाना तिराएको छ । महानगरपालिकाले पटक–पटक सडकमा फोहोर फ्याल्ने एनआईसी एशिया बैंकको वीरगंज शाखालाई ११ हजार जरिवाना तिराएको हो ।
    महानगरपालिकाले यसअघि पनि बैंकको उक्त शाखा कार्यालयलाई कारवाही गरेको थियो । यसअघि महानगरपालिकाले पहिलो पटक फोहोर नफाल्न चेतावनी दिएको थियो भने दोस्रो पटक ५ हजार रुपैयाँ जरिवाना तिराएको थियो ।
    महानगरपालिकाको सरसफाइको गाडीमा फोहोर नदिएर सडकमा फोहोर फ्याकेको भेटिएपछि पुनः तेस्रो पटक ११ हजार रुपैयाँ जरिवाना तिराएको महानगरपालिका सरसफाई अधिकृत सर्फुदिन मियाँले बताए ।
    सरसफाइ पार्किङ संयोजक प्रकाश खेतानका अनुसार पटकपटक फोहोर गरेर कानुन र मर्यादाको विपरीत भएको छ । आगामी दिनमा पुनः बाटोमा फोहोर फालेको भेटिएमा २५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गरिने उनले बताए ।

    प्रतिकृया दिनुहोस्