News Portal

  • एनआईसी एशिया लघुवित्तको अध्यक्षमा राठी नियुक्त

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७९
    २११ पटक
    ८ फागुन, २०७९

    काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । फागुन ८ गतेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
    त्यसअघि बैठकले राठीसँगै दिनेश भारीलाई सञ्चालकमा नियुक्त गरेको थियो । राठी र भारी एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । फागुन ५ गतेदेखि नै लागू हुने गरी बाँकी कार्यकालका लागि राठी र भारीलाई सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्