News Portal

  • सपोर्ट लघुवित्तले डाक्यो आठौं वार्षिक साधारणसभा, ११ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७९
    ३३६ पटक
    ८ फागुन, २०७९

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तको सञ्चालक समितिको १९१ औं बैठकले यहि चैत ४ गते आठौं वार्षिक साधारणसभाको मिति तोकेको हो ।
    उक्त सभामा हाल कायम रहेको लघुवित्तको चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँको ११ प्रतिशत बोनस शेयर तथा ०.५७८९४७३७ ले हुन आउने नगद लाभांश प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।
    उक्त वार्षिक साधारणसभा प्रयोजनका लागि लघुवित्तले फागुन २१ गते गते बुक क्लोजको मिति तय गरेको हो । साथै फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका शेयरधनीले मात्र उक्त सभामा उपस्थित हुन पाउने लघुवित्तले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्