काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुको लागि प्रति विद्यार्थी बार्षिक १२ हजारको दरले १ लाख २० हजार बराबरको छात्रबृत्ति प्रदान गरेको छ । कम्पनीले गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको पुण्यतिथिका अवसरमा उनको स्मृतिमा उक्त छात्रबृत्ति प्रदान गरेको हो ।
उक्त कार्यक्रममा १ घण्टासम्म स्व. राणाको जीवनी, उनले देशलाई पुर्याएको योगदानको चर्चा गर्नुको साथै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै बौद्ध धर्मगुरु तथा भिक्षुहरुले उनको गुणहरुको सम्झना गर्दे गुणानुस्मृति र परित्राण पाठ गर्दै अन्त्यमा पुण्यानुमोदन गरे ।
उक्त कार्यक्रममा कनीका अध्यक्ष मनोहर दास मुल, सञ्चालक विश्वराज रेग्मी, पूर्व सञ्चालक शङ्कर घिमिरे, प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान लगायतका कम्पनीका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
लुम्बिनी जनरलले प्रदान गर्यो १० जना विद्यार्थीलाई छात्रबृत्ति
आर्थीकसंसार संवाददाता४ फागुन, २०७९
४ फागुन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?