काठमाडौं । मेट लाइफले यस पटक पनि फर्च्युन म्यागजिनको २०२३ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सूचीमा लगातार दुई पटक आफ्नो नाम समावेश गर्न सफल भएको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई समावेश गरिएको थियो ।
लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग सक्षण गरि बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फच्र्युुनको कर्न फेरि नामक विश्वव्यापि संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ ।
मेट लाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, मिशेल खलाफले आफ्नो कम्पनीले थप समावेशी र समतामूलक कार्यस्थल र समाज निर्माण गर्ने प्रतिबद्धता राखेको भन्दै खुशी व्यक्त गरेका छन् । उनले भने हामीेले गरिरहेका कामहरु प्रति हामी गौरवान्वित छौं र यो सम्मान हाल र भविष्यमा सकारात्मक प्रभाव पार्नका लागि हाम्रा कर्मचारीहरुले देखाएको समर्पण र प्रतिवद्धताको एक उदाहरण हो ।
मेट लाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचीमा पर्न सफल
आर्थीकसंसार संवाददाता३ फागुन, २०७९
३ फागुन, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न