News Portal

  • बीमा कम्पनीले कर्मचारीका छोराछोरीका लागि ‘चाइल्ड डे केयर सेन्टर’ बनाइदिन पाउने

    आर्थीकसंसार संवाददाता२ फागुन, २०७९
    २९४ पटक
    २ फागुन, २०७९

    काठमाडौं । बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको बालबालिकाको लागि ‘चाइल्ड डे केयर सेन्टर’ को व्यवस्था गर्दा लाग्ने खर्च बेहोर्न सक्ने भएका छन् । कम्पनीहरुले आफ्ना कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि यस्तो संरचना निर्माणका लागि सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट खर्च गर्न पाउने छन् ।
    जीवन बीमा कम्पनीमा कार्यरत महिला कर्मचारीहरुले आफ्ना बालबालिकाको हेरचाहका लागि ठुलो हैरानी खेप्दै आउनु परेको छ । यहि सन्दर्भलाई लिएर प्राधिकरणले चाइल्ड डे केयर सेन्टरको स्थापनाका लागि प्रोत्साहन गरेको हो । अवदेखि यस्तो क्षेत्रमा गरिएको खर्चलाई सामाजिक उत्तरदायित्व अन्तर्गत राखेर हेरिन्छ ।
    नेपाल बीमा प्राधिकरणले ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५’ को चौथो संशोधनका क्रममा यस्तो व्यवस्था थप गरेको हो । बीमा कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरि यहि कोषबाट खर्च गर्नु पर्ने भएको छ ।
    बीमा कम्पनीहरुले हरेक वर्ष मुनाफाको एक प्रतिशत रकम यस्तो कोषमा जम्मा गर्नै पर्छ । साथै यस्तो रकमलाई बीमा कम्पनीहरुले मनलाग्दी खर्च गर्न थाले पछि संस्थागत सुशासन निर्देशिका अन्तर्गत सिमाहरु निर्धारण गरिएको छ ।

    प्रतिकृया दिनुहोस्