News Portal

  • सगरमाथा इन्स्योरेन्सको मुनाफामा सामान्य सुधार, मर्जरले व्यवसाय विस्तारमा प्रभाव

    आर्थीकसंसार संवाददाता२९ माघ, २०७९
    २२१ पटक
    २९ माघ, २०७९

    काठमाडौं । मर्जरको कारण सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय विस्तार प्रभावित बनेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन दुबैमा गिरावट देखिएको हो ।
    समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ७२ करोड ६९ लाख रुपैयाँ रहेको छ भने कुल बीमा शुल्क आर्जन एक अर्ब ४९ करोड रुपैयाँ छ । गत वर्षको यहि अवधिमा खुद बीमा शुल्क आर्जन ७७ करोड ८३ लाख रुपैयाँ थियो भने कुल बीमा शल्क आर्जन एक अर्ब ७३ करोड रुपैयाँ थियो ।
    मुनाफमा भने सामान्य सुधार देखिएको छ । समिक्षा अवधिमा कम्पनीले १७ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्दा गत वर्षको यहि अवधिमा १७ करोड ७७ लाख थियो । बीमालेख संख्याम पनि गिरावट देखिएको छ । जारी बीमालेख संख्या २६ प्रतिशतले घटेर ६२ हजार ७१० वटा पोलिसी छन् । त्यस्तै भुक्तानी हुन बाँकी दाबी भने गत वर्षको तुलनामा ३२ प्रतिशतले घटेको छ । कम्पनीले अझै एक अर्ब ३९ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।
    कम्पनीको चुक्ता पूँजी एक अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५० करोड २६ लाख रुपैयाँ रहेको छ । बीमा कोषमा एक अर्ब २९ करोड रुपैयाँ जम्मा भइसकेको छ । प्रतिशेयर आम्दानी २६ रुपैयाँ छ ।

    प्रतिकृया दिनुहोस्