News Portal

  • आइएमई लाइफले १ सय प्रतिशत बढायो पुँजी, नाफामा ५१ प्रतिशत छलाङ

    आर्थीकसंसार संवाददाता२९ माघ, २०७९
    २३२ पटक
    २९ माघ, २०७९

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५०.९६ प्रतिशत बढेर ११ करोड ७६ लाख ७९ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ७९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
    चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १७ प्रतिशत बढेर १ अर्ब ८६ करोड ९५ लाख ३५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५९ करोड ७६ लाख ६६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
    पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ३९ प्रतिशत बढेर ५२ करोड ७४ लाख ७० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ९६ लाख ५१ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।
    यस अवधिमा कम्पनीले अभिकर्तालाई २२ करोड ४६ लाख ३१ हजार रुपैयाँ कमशिन दिएको छ । कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २५ करोड ५६ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
    समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १०० प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष ७७.५१ प्रतिशत बढेर १ अर्ब ४ करोड २२ लाख ७९ हजार रुपैयाँ र जीवन बीमा कोष ४१ प्रतिशत बढेर ५ अर्ब ४७ करोड ९४ लाख ७ हजार रुपैयाँ र महाविपत्ति कोष ९४ प्रतिशत बढेर ११ करोड ५७ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
    कम्पनीको हालसम्मको कुल बीमा शुल्क आर्जन ११ अर्ब २२ करोड ३९ लाख रुपैयाँ, हालसम्मको कुल बीमा लेख जारी संख्या ३ लाख ३३ हजार २८१ वटा, कुल दावी भुक्तानी रकम २३ करोड ४५ लाख ८४ हजार रुपैयाँ रहेको छ । ३१ दावी वापत २ करोड ९६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।
    समिक्षा अवधिमा कम्पनको प्रतिसेयर आम्दानी ८.४१ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १४१.३६ रुपैयाँ छ ।

     

    प्रतिकृया दिनुहोस्