काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा आज हस्ताक्षर गरेका छन् । नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षको समुपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षहरू लगायत संचालकहरू र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता भएको हो ।
उक्त सम्झौतामा यस कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरे ।
नेपाल बीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढदै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भै दिर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उदेश्यले एक आपसमा गाभ्ने/गाभिने सहमति सहित प्रारम्भिक सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एव डिडिए रिपोर्ट समेतको आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।
आइएमई जनरल र प्रुडेन्सियल मर्ज भई आइजीआई प्रुडेन्सियल बन्ने, गरे प्रारम्भिक सम्झौता
आर्थीकसंसार संवाददाता२७ माघ, २०७९
२७ माघ, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न