News Portal

  • नेशनल लाइफको नाफामा ५८ प्रतिशतको छलाङ, बीमा कोष ५६ अर्ब माथि

    आर्थीकसंसार संवाददाता२७ माघ, २०७९
    २४१ पटक
    २७ माघ, २०७९

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५७.७३ प्रतिशत बढेर २२ करोड ७३ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
    चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.८९ प्रतिशत बढेर ७ अर्ब ५३ करोड ४७ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
    पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ४५ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ५ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।
    यस अवधिमा कम्पनीले अभिकर्ता कमशिन ७३ करोड ९३ लाख रुपैयाँ गरेको छ । कम्पनीको पुनर्बीमा कमिसशन आय २ करोड २६ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ ।
    समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३७.८७ प्रतिशत बढेर ४ अर्ब ६४ करोड ४ लाख रुपैयाँ, जगेडा कोष ७७.६६ प्रतिशत घटेर २६ करोड ६५ लाख ३९ हजार रुपैयाँ, बीमा कोष १९.१४ प्रतिशत बढेर ५६ अर्ब १५ करोड ९१ ला रुपैयाँ र महाविपत्ती कोष ३७ करोड २० लाख रुपैयाँ रहेको छ ।
    कम्पनीको कुल बीमा शुल्क आर्जन ७ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ, कुल बीमा लेख संख्या १७ लाख २ हजार २७९ वटा, कुल दावी भुक्तानी रकम ३ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ, २५ हजार २२ वटा दावी वापत ७७ करोड ८९ लाख ६८ हजार रपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।
    यस अवधिमा कम्पनको प्रतिसेयर आम्दानी ९.८० रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.७६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६५.९२ गुणा रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्