News Portal

  • राष्ट्रिय बीमा संस्थानको नाफामा १९ प्रतिशत बृद्धि हुँदा अन्य वित्तीय सूचक कस्तो ?

    आर्थीकसंसार संवाददाता२७ माघ, २०७९
    १६१ पटक
    २७ माघ, २०७९

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७९/ ८० को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ । खुद दाबी भुक्तानी बाहेकका अधिंकाशं सूचकहरुमा सामान्य बृद्धि देखिएको छ ।
    १८ करोड १० लाख रुपैयाँ चुक्ता भएको कम्पनीको जगेडा कोषमा ४२ करोड ४१ लाख रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा ४५ अर्ब ९१ करोड २० लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार ३८ अर्ब १६ करोड ७२ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ ।
    कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । चालु आर्थिक वषको यस अवधिमा १ करोड २ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको यस कम्पनीले गत आर्थिक वषको यस अवधिमा ८६ लाख १३ हजा रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।
    त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ अर्ब १४ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ६ अर्ब ४ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क १ दशमलव ६२ प्रतिशतले बढी हो ।
    यस अवधिमा कम्पनीले १ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी गर्न धेरै बाँकी रहेको छ ।

    प्रतिकृया दिनुहोस्