News Portal

  • साविक ज्योति लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउँदा कुन योजनामा कति ?

    आर्थीकसंसार संवाददाता२६ माघ, २०७९
    २२६ पटक
    २६ माघ, २०७९

    काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक आर्थिक वर्ष २०७८/२०७९ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको २०७९ माघ २३ गतेको पत्र मार्फत स्वीकृत भए अनुसार साविक ज्योति लाइफबाट जारी भएका कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम २० रुपैयाँ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो । अब बीमा प्राधिकरणबाट अर्को बीमाङकीय मुल्याङकन स्वीकृति नभएसम्मका लागि यस बोनसदर लागु हुनेछ ।

    सावधिक जीवन बीमालेख
    सावधिक जीवन बीमालेखको हकमा कम्पनीले ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
    कम्पनीले १५ देखि १९ वर्ष अवधिको ३६ हजार ४ सय १४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

    सावधिक तथा आजीवन बीमालेख
    सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७५ रुपैयाँ बोनसदर तोकेको छ ।
    कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५ हजार ८ सय ३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन्

    अग्रिम भुक्तानी बीमालेख
    अग्रिम भुक्तानी बीमालेखको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।
    यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै २० देखि २४ वर्षअवधिको ३ हजार ६ सय ९८ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले ५० रुपैयाँ बोनस पाउनेछन् ।

    वार्षिक अग्रिम भुक्तानी
    वार्षिक अग्रिम भुक्तानी बीमालेखको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि २० रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ३० रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।
    यस बीमालेखमा कम्पनीले २० देखि २४ वर्ष अवधिको १७ सय ७० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

    प्रतिकृया दिनुहोस्