News Portal

  • नबिल बैंकले गर्याे ३ वटा ऋणपत्रको ब्याज भुक्तानी, तपाईकोमा आयो ?

    आर्थीकसंसार संवाददाता२५ माघ, २०७९
    ४५१ पटक
    २५ माघ, २०७९

    काठमाडौं । नबिल बैंकले ३ वटा ऋणपत्रको ब्याजदर भुक्तानी गरेको छ । बैंकले ‘१० प्रतिशत नबिल डिबेन्चर २०८२’, ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ र ‘१०.२५ प्रतिशत एनबीबी डिबेन्चर २०८५’ को ब्याज भुक्तानी गरिएको जनाएको छ ।
    नबिल बैंकले जारी गरेको १० प्रतिशत नबिल डिबेन्चर २०८२, ८ प्रतिशत नबिल डिबेन्चर २०८५ र १०.२५ प्रतिशत एनबीबी डिबेन्चर २०८५ को अर्धवार्षिक ब्याज भुक्तानी गर्नुपर्ने रकम पुस मसान्तसम्म कायम लगानीकर्ताहरुको बैंक खातामा पठाईएको बैंकले बताएको छ ।
    विविध कारणले ब्याज रकम हालसम्म पनि खातामा प्राप्त नभएका लगानीकर्ताहरुले हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको डिबेन्चर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा सम्पर्क गरी ऋणपत्रको ब्याज बापतको रकम प्राप्त गर्न बैंकले भनेको छ ।
    साथै, हितग्राही खातामा बैंक खाता नम्बर बैंकहरुको मर्जर वा एक्विजिशनको कारणले परिवर्तन भएको भए द्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ ।
    साथै, ईटिडिएस प्रयोजनको लागि सम्पूर्ण लगानीकर्ताहरुले हितग्राही खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गराउनुपर्नेछ । आफ्नो ऋणपत्र धितो राखेका ऋणपत्रधनीले हकमा ब्याज रकम प्राप्त गर्न बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्