News Portal

  • नारायणगढमा सुर्यज्योति लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ माघ, २०७९
    २८७ पटक
    २३ माघ, २०७९

    काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेड नारायणगढले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । नारायणी रिजनका रिजनल म्यानेजर ईश्वर विकल सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ५० जना भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै रिजनल म्यानेजर सापकोटाले बीमितहरुलाई बीमाको माध्यमबाट आर्थिक जोखिम र बीमाको आवश्यकताहरु अभिकर्ताको माध्यमबाट जाने भएकाले अभिकर्ताहरु सचेत भएर सही ढङगबाट निष्ठावान भएर काम गर्नुपर्ने धारणा व्यक्त गरे ।
    बीमा सचेतना गराउदै गर्दा बजारमा आउने अबजेक्सनलाई कसरी ह्यान्डलि गर्ने भन्ने विषय महत्वपूर्ण हुने सो कुरा एजेन्सीमा जानकारी हुनुपर्ने रिजनल म्यानेजर सापकोटाले बताए । कार्यक्रममा उत्कृष्ट एजेन्सी अवार्डबाट बरिष्ठ एजेन्सी म्यानेजर देवराज ढकाल र शोभा बस्ताकोटीलाई सम्मान समेत गरिएको थियो ।
    नारायणगढको कमलनगरमा भएको कार्यक्रम हेमराज रिमालले सञ्चालन गरेका थिए भने आशिष शाहले स्वागत मन्तव्य व्यक्त गेका थिए ।

    प्रतिकृया दिनुहोस्