News Portal

  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो ५ लाख रुपैयाँ

    आर्थीकसंसार संवाददाता२३ माघ, २०७९
    २४० पटक
    २३ माघ, २०७९

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बिमित कुमार कार्कीको मृत्यु भएकोले इन्स्योरेन्सले सो मात्राको रकम भुक्तानी गरेको हो ।
    सो कम्पनिको इटहरी शाखाले सुनसरी जिल्लाको बराहक्षेत्रका रामझोडा निवासी स्वर्गीय कुमार कार्कीको घरमै गएर निजकी पत्नी गंगा पोखरेललाई ५ लाख ५३ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
    जीवन बीमा मृत्यु दावी हस्तान्तरण कार्यक्रममा रिलायबल नेपाल लाइफ, इटहरी शाखा प्रमुख चन्द्रमणी निरौलाले पीडितको सहजताकोलागि घरमै पुगेर रकम प्रदान गरिएको बताए । कार्यक्रममा इटहरी शाखाकी वरिष्ठ एजेन्सी मेनेजर तुल्सा कार्कीले जीवन बीमा जीवन रहँदा पनि जीवन नरहँदा पनि बीमित तथा आसृत परिवारको आर्थिक सुरक्षाको निमित्त अपरिहार्य रहेको बताइन् ।
    बीमा दावी रकम बुझ्दै मृतककी पत्नी गंगा पोखरेलले रिलायबल नेपाल लाइफबाट झन्झटरहित तवरले दावी रकम पाएको र प्राप्त रकम छोराछोरीको भविष्य निर्माणमा लगानी गर्ने बताइन् । कार्यक्रममा मृतककी बहिनी सिता छेत्री, स्थानिय समाजसेवी अर्जुन भट्टराई, रिलायबल इटहरी शाखामा आवद्ध अभिकर्ता, एजेन्सी मेनेजर एवम् मृतकका नातेदारहरुको समेत उपस्थिती थियो । मृतक कार्कीको गत मंसिर २७ गते मृगौला तथा कलेजोमा भएको खराबीको कारणले मृत्यु भएको थियो ।

     

    प्रतिकृया दिनुहोस्